मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

लुम्बिनी प्रदेश सरकारद्वारा राउटेलाई दशैँ खर्च प्रदान

दाङ । लुम्बिनी प्रदेश सरकारले राउटेलाई दशैँ खर्च उपलब्ध गराएको छ ।  मंगलबार मन्त्रालयमा दशै खर्च माग माग्न पुगेका राउटेहरुलाई  लुम्बिनी प्रदेशले दशैँ खर्च उपलब्ध गराईएको हो । 

लुम्बिनी प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले दशैँ खर्च बापत २५ हजार रुपैँया उपलब्ध गराउनु भएको हो । सुर्खेतबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई  मन्त्रालयमा उहाँहरु  हस्तान्तरण गर्नुभएको हाे । 

दसैँ खर्च पाएपछि राउटेहरु खुसी भएका थिए । 

उनीहरु प्रत्येक बर्ष तीज, दशैँ तथा तिहारमा सरकारसंग माग गर्ने गरेका छन् । केही देखी उनी दाङ तथा आसपासका सरकारी कार्यालयमा गएर दशैँ खर्च माग्दै आएका छन् । 

पैसा हस्तान्तरण गर्दै मन्त्री मास्कीले रकमलाई सही सदुपयोग गर्न अनुरोध गर्नुभएको थियाे ।

रकम पाई सकेपछि राउटेका मुखिया विर्ख वहादुर शाहिले रकम आफ्ना जनताहरुलाई बाड्ने बताउनुभयाे । मुखिया शाहिले भन्नू भयाे अब हामी सबै पैसा हाम्रो जनतालाई बाडेर दसैँ मनाउछाैँ पैसा दियकाे मा हामी खुशि छाैँ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १ : ५९ बजे