मनसुन क्रमशः कमजोर हुँदै

बढी भाडा लिने ३१ जना नियन्त्रणमा

दोलखामा गोली हानेर राँगो मारियो

काठमाडौं । दोलखामा राँगोलाई गोली हानेर मारिएको छ ।

भीमेश्वर नगरपालिका–५, पुछारमाटीमा राँगोले मान्छेलाई आक्रमण गर्न थालेपछि गोली हानी मारिएको हो ।

स्थानीय भगवान बस्नेतको घरमा पालिएको राँगो फुकेर उनकी श्रीमती ६० वर्षीया सावित्रामाथि आक्रमण गरेर घाइते बनाएको थियो । राँगोलाई नियन्त्रणमा लिने प्रयास भएपनि सम्भव नभएपछि गोली हानिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले राँगो माथि ३०३ राइफलबाट एक राउन्ड गोली हानिएको जानकारी दिइएको छ । राँगोको आक्रमणबाट घाइते भएकी सावित्राको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८०, मंगलबार  १ : २६ बजे