दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सामूहिक बलात्कार गरेर फरार रहेका अभियुक्त १६ वर्षपछि पक्राउ

काठमाडौं । सामूहिक बलात्कार गरेर फरार रहेकामध्ये एक जना अभियुक्त १६ वर्षपछि आज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनको भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जका ५८ वर्षीय अमरेश कँडेल छन् । उनलाई सोही स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले २०६४ सालमा ललितपुरको ठैबस्थित लिन्टीकल सेन्टरको क्यान्टिनमा काम गर्ने नाबालिकालाई जबरजस्ती र सामूहिक करणी गरेका थिए । ललितपुर जिल्ला अदालतले उनीसहित प्रतिवादी अर्जुन कार्की समेतलाई पाँच वर्षको जेल सजाय तोकेको थियो ।

जिल्ला अदालत ललितपुरको तत्कालीन फैसला कार्यान्वयनका लागि कँडेललाई आजै चितवन जिल्ला अदालतमा पेश गरिएको छ ।

साथै, उनलाई आजै कारागार कार्यालय चितवन पठाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ४ : ५८ बजे