मनसुन क्रमशः कमजोर हुँदै

वीरगन्जमा निकालियो सर्वपक्षिय सर्वदलिय सद्भाव र्‍याली

पर्सा । धर्मिक सहिष्णुता कायम राख्न आज वीरगन्जमा सर्वदलीय, सर्वपक्षिय सद्भाव र्‍याली निकालिएको छ । वर्षौंदेखि मिलेर बस्दै आएका वीरगन्जबासीलाई विभिन्न धर्मको नाममा लडाउने भएका प्रयासका विरुद्धमा सदभाव र्‍याली निकालेको हो ।

वीरगन्जको आदर्शनगरस्थित स्विमीङ्पुल चोकबाटबाट सुरु भएको र्‍याली वीरगन्जको आदर्शन, घडिअर्वा, माईस्थान, घण्टाघर हुदै गोश्वारास्थित जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।

वीरगन्ज महानगरपालिकाको पहलमा वीरगन्जका नागरिक समाज, पेशाकर्मी, समाजवेसी तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु सहभागि रहेका थियो । जिल्ला प्रशासन कर्यालय पर्सामा पुगेको र्‍यालीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालमार्फत गृहमन्त्रलायलाई ज्ञापन पत्र बुझाउँदै धार्मिक सहिष्णुतालाई विथोल्न खोज्नेलाई कडा भन्दा कडा कार्यवाहीको माग गरेको छ ।

नेकपा एमाले पर्साका संयोजक डा. विशम्भर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएका गतिविधिप्रति रोक लगाउन माग गर्दै ज्ञापन बुझाएको बताउनुभयो ।

ज्ञापन बुझ्दै सहप्रजिअ लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबरजस्ती गर्न नहुने बताउँदै सद्भाव बिथोल्ने तत्त्वलाई कारबाहीको दायरमा ल्याइ छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

धर्मकै नाममा विभेद गरेर समाजमा कलह र हिंसा पैदा गर्न खोज्नेहरूदेखि वीरगन्जबासी सचेत छन् भन्ने सन्देश प्रवाहका लागि सद्भाव र्‍याली निकालिएको वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनु भयो ।

उहाँले हामी वीरगन्जवासी एकदम सचेत छौँ र हामी एक आपसमा मिलेर बसेका छौँ भन्ने सन्देश हामीले यस र्‍यालीबाट दिन खोजेको जानकारी दिनुभयो । पछिल्लो समयमा धार्मिक असहिष्णुता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै प्रमुख सिंहले समाजलाई भाँड्ने तत्त्वहरूको पहिचान गरेर कारबाहीको दायरामा ल्याउन नेपाल सरकारलाई अपिल गर्नुभयो ।

र्‍यालीमा जसपाका प्रमुख सचेतकसमेत रहेका सांसद यादव, मेयर सिंहसँगै उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशी कपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ५७ बजे