दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

कुलेश्वरमा ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल

काठमाडौँ । वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको छ ।

व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौँमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेपछि सिल गरिएको विभागले जनाएको छ । को थियो ।

विभागका अनुसार गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाममा करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको छ । विभागले अहिले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको छ जनाएको छ ।

यस्तै उनको सोही गोदामबाट ठूलो परिमाणमा दाल पनि बरामद भएको छ । यसबारे विभागले थप अनुसन्धान गरिरहेको छ ।

खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १२७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर खेतानले १०५ रुपैयाँको मात्रै बिल दिने गरेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  २ : ४२ बजे