दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

झाडी सफाइ गर्ने बहानामा रूख काटेपछि बेलौरीका वडाध्यक्ष पक्राउ

कञ्चनपुर । झाडी सफाइका नाममा रूख काटन गरेपछि कञ्चनपुर बेलौरी नगरपालिका– ६ का वडाध्यक्ष भोजराज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बेलौरी छोटी भन्सार कार्यालय परिसरभित्र रहेको झाडी सफाइका नाममा रुख काटेपछि उनलाई महेन्द्रनगरबाट आइबार प्रहरीले पक्राउ गरेकाे हो ।

सङ्घीय सरकार मातहत रहेको बेलौरी छोटी भन्सार सञ्चालनका लागि १३ साउनमा वडाकै अगुवाइमा झाडी सफाइ गरिएको थियो। 

झाडी सफाइका क्रममा सरकारी कार्यालय परिसरभित्र रहेका रूख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरीविरुद्धमा उजुरी गरेपछि प्रहरीले उनलाई समातेर बयान लिइरहेकाे छ ।

भन्सार क्षेत्रबाट काटिएको रूख र दाउरा वनले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १ : ५९ बजे