राहत शिक्षकहरु सडकमा लम्पसार

काठमाडौं । प्रस्तावित शिक्षा विधेयककाे बिरुद्धमा आन्दोलनमा रहेका शिक्षकहरूले आजकाे आन्दाेलन  सडकमा सुतेर गरेका छन् ।  

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सम्झौता भए पनि आफुहरूले उठान गरेका माग मुद्दा सम्बोधन नगरिएको भन्दै आन्दाेलन जारी राखेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षकलगायतले आज सडकमै लम्पसार सुतेर आन्दोलन गरेका हुन् । 

उनीहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा सुतेर प्रदर्शन गरेका छन् ।

शिक्षक महासंघले आन्दाेलन फिर्ता लिए पनि राहत शिक्षकहरुले भने आफ्नाे माग सम्बाेधन नभएकाे भन्दै आन्दाेलन जारी राखेका छन् । शिक्षक महासंघ र सरकारबीच गत असोज ७ गते ६ बुँदे सम्झौता भएको थियो ।

उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको दाबी गरेका छन् । 

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  १२ : ४१ बजे