सल्यानमा जिप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ – सल्यानमा जिप दुर्घटनामा भएको छ । आज बिहान रोल्पाबाट तरकारी बोकेर दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा१च १०२५ नम्बरको सिंगल क्याप जिप सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिक सेता पैरामा दुर्घटना भएको हो । 

दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

मृतक दुबै जना पुरुष हुन् । उनीहरूको सनाखत हुन बाँकी रहेको सल्यान प्रहरीले जनाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ८ : ४३ बजे