दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बलात्कारी बाबुको गोली हानी हत्या

पञ्जाब  । पाकिस्तानको पञ्जाब प्रान्तमा एक किशोरीले आफ्ना बाबुलाई गोली हानेर हत्या गरेकी छिन् ।

आफूमाथि बलात्कार गरेको आरोप लगाएकी ती बालिकाले आफ्नै बाबुको गोली हानेर प्राण लिएकी हुन् । स्थानीय प्रहरीका अनुसार घटना लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा भएको हो । यहाँ १४ वर्षीया बालिकाले प्रहरीलाई दिएको बयानमा बाबुले तीन महिनादेखि बलात्कार गरेको बताएकी छन् ।
हत्या प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारी सोहेल काजमीले भने,  "छोरीले आफू डरलाग्दो अवस्थाबाट गुज्रिरहेको बताइन् । उनले बलात्कारी बुबालाई मार्ने निधो गरे र बन्दुकले गोली हानी मारिन् ।"

बालिकाका बाबुको घटनास्थलमै मृत्यु भएको काज्मीले बताए । समाचारमा जनाइएअनुसार सबै पक्षबाट अनुसन्धान गरी अभियुक्तविरुद्ध मुद्दा दर्ता गरिने छ । समाचारमा भनिएको छ कि परिवारले सो किशोरीले बाबुलाई मारेको थाहा पाए पछि पुलिसलाई बोलाएका थिए । 

हिजो शनिबार दिउँसो छिमेकीले पुलिसलाई अपराधको बारेमा जानकारी दिएको जनाईएको छ । सूचना पाएलगत्तै सिभिल लाइन्सका एसपी हसन भट्टी र प्रहरी वरिष्ठ अधिकारीले घटनास्थलमा अभियुक्त, उनकी आमा, भाइ र छिमेकीलाई पक्राउ गरेका थिए ।

यस घटनाको एक दिनअघि मात्र पाकिस्तानी अदालतले एक नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ३ : २६ बजे