सुनको मूल्यमा नयाँ कीर्तिमान

एसियन गेम्स खेल्न चीन जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अध्यक्ष ओलीको शुभकामना

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली खेलकुदमा भाग लिन चीन जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई शुभकामना दिनुभएकाे छ ।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उहाँले क्रिकेट टिमलाई शुभकामना दिनुभएकाे हाे  ।

साथै अध्यक्ष ओलीले नेपाल क्रिकेट संघ (क्यान)का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासहितको नयाँ टिमलाई बधाई दिनुभएकाे  छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ११ : ५४ बजे