‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

न्यायाधीश अभावका कारण सन्दीप विरुद्धको मुद्दा स्थगित

काठमाडौँ । न्यायाधीश अभावका कारण नाबालिका बलात्कार आरोप क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । आज काठमाडौं जिल्ला अदालतमा न्यायाधीश अभावका कारण आज पनि सो मुद्दा पेशी नचढी स्थगित भएको हो।

यसअघि असोज १ गते पनि न्यायाधीश अभावका कारण उक्त मुद्दा पेशी नचढी स्थगित भएको थियो। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध गत भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ११ : ४८ बजे