‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सरकारले ठुला करदातालाई दियो उन्नाइस अर्बको कर छुट

काठमाडौँ । देश आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको अवस्थामा सरकारले ठुला व्यापारी घराना, व्यापारी र ​​​​​​​करदातालाई करिब १९ अर्ब रुपियाँ कर छुट गरेको छ ।

अर्थ मन्त्रालय मातहतको आन्तरिक राजस्व विभागले आव २०७९/८० मा आयकर तथा मूल्य अभिवृद्धि कर गरी कुल १८ अर्ब ८० करोड रुपियाँ कर छुटको सुविधा दिएको हो ।

सरकारले आयकरतर्फ १० अर्ब ७२ करोड ८२ लाख रुपियाँ छुट सहुलियत उपलब्ध गरेको छ भने मूल्य अृभिवृद्धितर्फ आठ अर्ब सात करोड ५७ लाख रुपियाँ छुट दिएको छ । 

विभागले होटल, ट्राभल, टे«किङ, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चार गृह, यातायात सेवाको एक करोड रुपियाँभन्दा बढीको कारोबारमा लाग्ने करमा ५० प्रतिशत अर्थात् २७ करोड ११ लाख रुपियाँ कर छुट दिएको छ । त्यस्तै मूल्य अभिवृद्धि करतर्फ विभागले कूटनीतिक निकायलाई २३ करोड रुपियाँ कर फिर्ता गरेको छ ।

सरकारले हरेक आवमा उपलब्ध गराउने कर छुट तथा सहुलियतमा प्रश्न उठे पनि व्यावसायिक वातावरण निर्माणको नाममा कानुनमै व्यवस्था मिलाएर कर छुट उपलब्ध गराउँदै आएको छ ।  

देशको ढुकुटी भर्नुको सट्टा सरकारले लामो समय देखी जरिवाना र असुल गर्नुपर्ने रकम छुट दिएर राज्यलाई बर्षौदेखि आर्थिक रुपमा हानि पुर्याउँदै आएको छ ।  

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : ५३ बजे