‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

क्रिकेटर लामिछाने विरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदैछ ।  जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि मुद्दाको पेसी तोकिएको हो । 

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात माग गरेको थियो ।

आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।  

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ८ : २७ बजे