सुनको मूल्यमा नयाँ कीर्तिमान

रुसको नौसेनाका अधिकारीहरुलाई लक्षित गरी युक्रेनको मिसाइल आक्रमण

काठमाडौं । युक्रेनले रुसको सेवास्तोपोल भन्ने स्थानमा मिसाइल आक्रमण गरेको छ ।

नौसेनाका अधिकारीहरुलाई लक्षित गरी भएको यो आक्रमणबाट दर्जनौंको मृत्यु भएको र घाइते भएको युक्रेनको सेनाले  गरेको छ । 

रुसी नौसेनाको सबैभन्दा बलियो अड्डा मानिने सेवास्तोपोल भन्ने स्थानमा रुसको ब्ल्याक सी क्षेत्रका कमाण्डरहरुको बैठक बसिरहेको बेला सोही बैठकलाई लक्षित गरी युक्रेनले आक्रमण गरेको थियो । 

युक्रेनले फ्रान्स र बेलायतले उपलब्ध गराएको स्टोर्म श्याडो मिसाइलबाट आक्रमण गरिएको थियो । 

युक्रेनको सेनाले संक्षिप्त सूचना जारी गर्दै भनेको छ, ‘यो हमलाबाट दर्जनौं मारिएका छन् र घाइते भएका छन् । यो अड्डामा जहाज व्यवस्थापनका शीर्ष व्यक्तिहरु थिए ।’ तर रुसले भने युक्रेनको आक्रमणपछि एक जना सम्पर्कविहीन भएको जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : ४० बजे