चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएको छ : चिनियाँ राष्ट्रपति सी

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । आज बिहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच हाङझाओमा भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रचण्डले राष्ट्रपति सीले प्रस्ताव गरेका महत्वपूर्ण अवधारणा र पहलहरूको शृङ्खलालाई नेपालले समर्थन गरेको बताउनुभएको नेपालका लागि चीनियाँ दूतावासले जनाएको छ ।

प्रचण्डले विकासोन्मुख देशहरूको साझा हितको रक्षा र प्रवर्द्धन गर्न चीनसँग मिलेर काम गर्न इच्छुक रहेको बताउनुभएको छ । यस्तै,  चिनियाँ राष्ट्रपति सी ले चीन–नेपाल सम्बन्धलाई चीनले ठूलो महत्त्व दिएको बताउनुभएको छ ।

सीले नेपाल–चीन द्विपक्षीय सम्बन्धको निरन्तर नयाँ प्रगतिलाई प्रवर्द्धन गर्न तथा नेपालसँग विकास रणनीतिलाई सुदृढ गर्न इच्छुक रहेको कुरामा जोड दिनुभएको छ । 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ६ : २० बजे