चितवनमा एक किशोरको शव फेला 

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित लायन्सचोकको भित्री सडकछेउमा १९ वर्षीय विशाल तामाङको शव बिहीबार फेला परेको छ ।

नामथर, वतन नखुलेको अवस्थामा फेला परेका युवक विशाल तामाङ रहेको भरतपुर–३ मा बस्ने उनकी दिदी बिनिता तामाङमार्फत खुलेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट यकिन वतन नखुलेका मृतकको आमाबुबा पहिले नै बितेको र निजले मागी खाई हिँड्ने गरेको खुलेको छ ।मृतकको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  ११ : ४९ बजे