राहतका शिक्षकहरुले आन्दोलनको कार्यक्रम जारी राख्ने

काठमाडौं – सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन्। सरकारसँग भएको वार्तामा आफनो माग सम्बोधन नगरेको भन्दै राहतको शिक्षकहरुले असहमति जनाएका हुन्।

राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताउनु भयो ।

अधिकारीले भन्नुभयो, ‘केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो। हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं। हामी विज्ञप्ति निकाल्छौं।’  

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको उहाँले बताउनु भयो ।

राहतका शिक्षकहरुले आन्दोलनको कार्यक्रम जारी राख्ने बताएको छ। 

यसैबीच शिक्षक महासंघ र सरकारबीचको वार्तामा राहत शिक्षकलाई धोका भएको भन्दै अधिकारीले आन्दोलन जारी राख्ने बताउनु भयो । उहाँले राहत शिक्षकका माग पूरा गर्न शिक्षक महासंघ र सरकार उदाशीन देखिएकोले वार्ता बहिष्कार गरिएको पनि जनाएका छन्।

अध्यक्ष अधिकारीले सबै राहत शिक्षहरुलाई काठमाडौं नछोड्न पनि आग्रह गर्नु भएको छ। अहिले राहत शिक्षकहरुको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दैछ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ३४ बजे