सरकार र शिक्षकबीच सात बुँदे सहमति, आन्दाेलन फिर्ता

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न ७ बुँदे सहमति भएको छ।  गृहमन्त्रालय बसेको बैठकमा सहमति बनेको हो । सरकार र शिक्षकहरुबीच सहमति भएसँगै  आन्दोलनरत शिक्षकहरुले आन्दोलन फिर्ता लिएको छ ।

सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आन्दोलनरत शिक्षकहरूसँग सरकारले सहमति गरेको बताएकी छन्।

सिंहदरबारमा शुक्रबार अपराह्न आन्दोलनरत शिक्षकका प्रतिनिधि र सरकारबीच वार्ता भएको थियो। पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले शिक्षकहरूसँग सरकारले सहमति गरेको बताइन्।

‘शिक्षकहरूसँग सहमति भएको छ। संसदमा दर्ता भइसकेको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूका माग समावेश गर्ने कुरा भएको छ,’ उनले भनिन्, ‘शिक्षकहरूले आन्दोलन स्थगित गर्नुहुन्छ।’

विद्यालय शिक्षा विधेयकका कतिपय विषयमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले गत असोज ३ गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ५ : ३५ बजे