‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सरकारको तर्फबाट गृहमन्त्रीले शिक्षकसँग वार्ता गर्ने, दोस्रो चरणको छलफल आजै बेलुका हुने

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा पूर्णबहादुर खड्काले गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको तर्फबाट शिक्षकहरुसँग वार्ता गर्ने बताएका छन् ।

बिहिबार कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षक आन्दोलनबारे ब्रिफिङ गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर गृहमन्त्रीलाई जिम्मेवारी दिएको बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले शिक्षकहरुसँग दोस्रो चरणको वार्ता आजै बेलुका हुने बताएका छन् । उनले वार्तामा अहिलेको अर्थतन्त्रमा थप भार नपर्ने गरी सबै माग पूरा गर्ने गरी छलफल हुने बताए ।

शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी विषय छलफल र वार्ता गरेर टुंग्याउने र सरकारले गरेको सहमति कार्यान्वयन गरेरै छाड्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ५ : ५३ बजे