दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चार भारतीय नागरिकसहित ३२ थान मोबाइल बरामद

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट चार भारतीय नागरिकसहित ३२ थान मोबाइल प्रहरीले बरामद गरेको छ । 

जहाजमा काठमाडौँ जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् । 

 उनीहरुले सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौँ जान लागेको जिकिर गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौँमा बेच्न लैजान लागेको शङ्का गरेको छ । भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो । उनीहरु सबैलाई भन्सार पठाउने तयारी गरिएको प्रनाउ डाँगीले बताउनुभयो ।
 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  २ : ०५ बजे