सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ – सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता भएको छ । आज सिंहदरबारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलनरत शिक्षकबीच वार्ता भएको हो । संसद् सचिवालयमा दर्ता विद्यालय शिक्षा विधेयकको शिक्षकहरू सडकमा उत्रिएका छन् । 

शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका विद्यार्थीहरूको पठनपाठन बन्द भएको छ ।  आज भएको गृहमन्त्री श्रेष्ठसँग छलफल निष्कर्षविहीन भएको छ । वार्तामा शिक्षामन्त्री अशोक राई पनि उपस्थित हुनुहुन्थ्यो । 

कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्ने विषयमा छलफल भएको बताइएको छ । आज आन्दोलन बानेश्वरबाट माइतीघरसम्म हुने बताइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  १० : ४१ बजे