‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

आज मण्डनदेउपुर नगरपालिकामा थकान बिदा

​​​​​​​काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले आज थकान बिदा दिएको छ । नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि थकित भएको भन्दै  नगरपालिकाले आज थकान बिदा दिएको हो ।

नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै आज विहिबार असोज चार गते नगरपालिका भित्र थकान बिदा दिएको जानकारी दिएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काभ्रे जिल्लाका अध्यक्षसमेत रहेका मेयर टोकबहादुर वाइवाले यस्तो अचम्मको बिदा दिएपछि यत्तिखेर सामाजिक सञ्जालमा काभ्रेको मण्डनदेउपुर नगरपालिका र मेयर वाइवा हासीमजाकको पात्र बनेका छन्  । 

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ७ : २२ बजे