साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

सडक दुर्घटनाबाट मृत्यु भएका एमाले नेता पाण्डेको परिवार संरक्षणार्थ आर्थिक अभियान सञ्चालनमा

​​​​​​​सिन्धुपाल्चोक । सडक दुर्घटनाबाट मृत्यु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह-संयोजक नवीन पाण्डेको परिवार संरक्षणार्थ नेकपा एमाले मेलम्ची नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेकाे छ । 

‘स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डे की नाबालिग  छोरी निहारिका पाण्डेको शैक्षिक संरक्षण कोष’ स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेकाे हाे । 

नेकपा एमाले मेलम्ची नगर कमिटी अध्यक्ष विजयकृष्ण श्रेष्ठको संयोजकत्वमा कोषको स्थापना गरी आर्थिक अभियान सञ्चालन गरिएकाे एमाले नेता तथा अनेरास्ववियु पुर्व केन्द्रीय सदस्य दिपक विक्रम देउजाले जानकारी दिए । 

देउजाका अनुसार स्वर्गीय पाण्डेको ६ वर्षीय छोरी निहारिका पाण्डेको शिक्षा दीक्षा र परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सो अभियान सञ्चालन  गरिएकाे हाे । 

एमाले नेता डम्बर अर्याल र नगर कमिटी अध्यक्ष श्रेष्ठको नाममा  पाण्डे परिवारको संरक्षणको लागि नेपाल बैङ्क मेलम्चीमा खाता खोल्ने निर्णय गरिएको उनले बताए । उनले एमाले मेलम्ची नगर कमिटीले मात्रै नभई जिल्ला प्रदेश र केन्द्रले पनि यस विषयमा सोच्नुपर्ने बताए । 

नेकपा एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले भने आफूहरूले यस विषयमा केही सल्लाह नगरेको बताए । उनले यस विषयमा आफूलाई थाहा नभएको र पार्टीमा सल्लाह गरेर निर्णय गर्ने बताए । 

स्वर्गीय पाण्डेको आमा,श्रीमती र एक छोरी छन् । गत शनिवार चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडामा ट्याङ्करको ठक्करबाट पाण्डेको निधन भएको थियो । 

नारायणी यातायात प्रा.लिद्वारा सञ्चालित तेल बोक्ने ट्याङ्करको ठक्करबाट मृत्यु भएका पाण्डे र अनेरास्ववियु सिन्धुपाल्चोकका सचिवालय सदस्य समीर दोङकाे परिवारलाई चौतर्फी दबाब र आन्दोलनपश्चात् बिमा रकम सहित १०/१० लाख दिने सहमति भएको थियो । निहारिका पाण्डेको पढाई खर्च बापत डेढ लाख दिने सहमति भएको थियो । पाण्डेले अनेरास्ववियु सिन्धुपाल्चोकको अधिवेशनको तयारी गरिरहेका थिए। उनी अध्यक्षको दाबेदार समेत थिए । 

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ६ : १२ बजे