देशैभरीको शिक्षक काठमाडाैंमा जम्मा, आजबाट प्रदर्शनमा उत्रने

काठमाडौं । बिधालय शिक्षा बिधेयकको बिरोधमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ । 

सो बिद्येयकको बिरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएर आन्दोलनमा उत्रन लागेका हुन । 

विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौँमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन सुरु गर्नेछन् ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  ८ : ५९ बजे