साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

धनगढी उपमहानगरले दाहसंस्कारका लागि पाँच हजार खर्च दिने

धनगढी । धनगढी उपमहानगरपालिकाले नगरवासीको मृत्युमा परिवारका सदस्यलाई दाहसंस्कार वापत खर्च दिने भएको छ ।

कार्यपालिकाको आइतबार बसेको बैठकले दाहसंस्कारका लागि दाउरा खरिद गर्न मृतकको परिवारलाई पाँच हजारका दरले उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख गोपाल हमालले बताए ।

नागरिकको अन्तेष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था रहेकोले याे अवस्थालाई अन्त्य गर्न दाहसंस्कार खर्च स्वरुप घरमै गएर ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय उनले बताए । 

त्यस्तै उपमहानगरपालिकाले शव बाहन र एम्बुलेन्स निःशुल्क गरिएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  १ : ३६ बजे