साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

काठमाडौं महानगरले ऋषि पञ्चमीमा बिदा नदिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऋषि पञ्चमीका दिन महिला कर्मचारीहरुलाई पनि बिदा नदिने भएकाे छ । 

महानगरबाट प्रकाशित भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन असोज २ गते बिदा उल्लेख रहेको भए पनि उक्त दिन बिदा नरहेको महानगरले सूचना निकालेर जानकारी गराएको हो।

भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन महिला कर्मचारीहरूलाई बिदा भन्ने उल्लेख थियो।

आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले सूचना निकालेर ऋषि पञ्चमीमा बिदा नरहेको उल्लेख गरेकी छन्। 

सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाबाट प्रकाशित २०८० सालको भित्ते पात्रोमा मिति २०८० असोज २ गते मंगलबार ऋषि पञ्चमीको दिनमा महिला कर्मचारीहरुलाई बिदा भनी उल्लेख भएको भएतापनि उक्त दिन बिदा नभएको जानकारी गराइन्छ ।’

​​​​​​​

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ११ : ५१ बजे