चिकित्सकहरुको आन्दोलन फिर्ता

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकहरुबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन फिर्ता  भएको छ ।

सञ्चो अस्पतालका चिकित्सकहरुमाथि भएको आक्रमणमा संलग्न ४ जना पक्राउ परिसकेको र पूर्जी जारी भएका ५ जनासहित सबैलाई कारबाही गर्ने दुवै पक्ष बीच सहमति भएपछि आन्दोलन स्थगित भएको हो ।

यस्तै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वनयनका लागि प्रतिबद्ध रहने सहमति पनि भएको छ ।

सेवा सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृति कम गर्ने लगायतका समाधान गर्ने गरी ३ महिनाभित्र चिकित्सक सेवा सम्बन्धी विधेयकको मस्यौदा तयार गर्न प्रक्रिया अगाडि बढाउने लगायतका सहमति भएका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : १८ बजे