सुनको मूल्यमा नयाँ कीर्तिमान

एसिया कप फाइनल : श्रीलंका ५० रनमै अलआउट

काठमाडौं । एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकाले भारतविरुद्ध अत्यन्तै खराब ब्याटिङ गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भयो ।

भारतीय फास्ट बलर मोहम्मद सिराज एक्लैले ६ विकेट लिएपछि श्रीलंकाको ब्याटिङ धराशयी बनेको हो ।

सिराजले एकै ओभरमा ४ विकेट लिएका थिए । हार्दिक पाण्ड्याले तीन विकेट र जसप्रित बुमराहले एक विकेट लिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ५ : २९ बजे