एनपीएलको ट्रफी सार्वजनिक

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन बुधवार मध्यरातदेखि अन्त्य भएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले  गण्डकी प्रदेश, मन्त्रिपरिषदको सिफारीसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको उल्लेख गर्नुभएको छ । गण्डकी प्रदेशसभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राजमोका ३ र जसपाका २ सांसद छन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ११ : ५५ बजे