दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भारतमा नेपाली महिलाको लास सुटकेसमा फेला

काठमाडौँ । भारतको जयपुरमा एक सुटकेसमा एक नेपाली महिलाको शव फेला गरेको छ । बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव फेला परेको हो ।

लक्ष्मी नाम गरेकी उनलाई ४ महिलाअघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ । चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिए । प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३५ वर्षीय स्वपन मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन् । दुवै जना पश्चिम बङ्गालका हुन् ।

स्वपन वेश्यावृत्तिको सञ्जालमा संलग्न रहेको बताइएको छ । उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाई छ । स्वपनले नै महिलालाई ४ महिनाअघि दिल्लीबाट ल्याएर पहिले होटेलमा राखेको र पछि एउटा फ्ल्याटमा राखेको अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार केही दिनअघि मृतक र स्वपनबीच विवाद भएको थियो । विवादकै क्रममा महिलाको हत्या गरेर उनको शव नहर्ग्राहमा फालिएको प्रहरी बताउँछ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १२ : ०४ बजे