‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

भोलि विद्युत् प्राधिकरणको आय संकलन काउन्टर बन्द हुने

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका आय संकलन काउन्टर भोलि बन्द हुने भएका छन् । प्राधिकरणले आज एक सूचना जारी गर्दै भोलि विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने जानकारी दिएको हो ।

विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ । 

विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ । प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  १० : ४२ बजे