‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

३४ जनाको माफी मिनाहाको आधार खुलाउन गृहलाई राष्ट्रपति कार्यालयको पत्र

काठमाडौँ – माफी मिनाहाको सिफारिस भएका ३४ जनाका हकमा राष्ट्रपति कार्यालयले चासो राखेको छ । राष्ट्रपति कार्यालयले ३४ जनाको माफी मिनाहा गर्नुपर्नाको आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ।

गृह मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भएका बाहेक ३४ जनाको सूची पठाएपछि राष्ट्रपति कार्यालयले स्पष्ट हुन खोजेको हो।

शीतलनिवास स्रोतका अनुसार गृहले पठाएको थप सूचीमा उनीहरूलाई माफी दिनुपर्ने कारण पनि उल्लेख गरिएको छैन ।

राष्ट्रपति कार्यालयले ३४ जनाकै व्यक्तिगत विवरण समेत मागेको छ ।

सरकारले संविधान दिवस (असोज ३ गते) का अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिँदैछ। कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले त्यसको स्पष्ट आधार माग गरेको हो ।

कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएको थियो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ९ : १२ बजे