गोहीको आक्रमणबाट मृत्यु

भरतपुर (चितवन) – चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् । 

शनिवार साँझ  महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताउनुभयो । 
 

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ७ : ०० बजे