‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

चिकित्सक कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीको धर्ना

हेटौंडा । हेटौंडाका दुई जना चिकित्सक कुटपिटमा संलग्न सबैलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीले बागमती प्रदेश सभा अगाडि धर्ना दिएका छन्।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका चिकित्सकद्वय डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरिएको थियो। कुटपिटको विरोधमा स्वास्थ्यकर्मीले आकस्मिक बाहेक सबै स्वास्थ सेवा बन्द गरेका छन्।

स्वास्थ्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका उनीहरूले शनिबार प्रदेश सभा अगाडि धर्ना दिएका हुन्। सरकार र प्रदेश सभा सदस्यको ध्यानाकर्षण गराउन धर्ना दिनुपरेको उनीहरूले जनाएका छन्।

हेटौंडाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मी धर्नामा सहभागी छन्। प्लेकार्ड र ब्यानर बोकेर धर्नामा बसेका स्वास्थ्यकर्मीले पेशागत सुरक्षाको माग गरेका छन्।

कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधान छन्।
हेटौंडा उपमहानगरपालिका–१२ का राजेश प्रधान डेंगु लागेपछि गत साउन २५ गते सन्चो अस्पताल भर्ना भएका थिए। त्यहाँ उपचार हुन नसकेपछि चितवन रिफर गरिएको थियो। उनको चितवनमै उपचारका क्रममा मृत्यु भएको थियो।

सन्चो अस्पतालका चिकित्सकको लारवाहीले मृत्यु भएको भन्दै उनका आफन्तले एक महीनापछि अस्पतालमै गएर चिकित्सकलाई कुटपिट गरेका हुन्। पक्राउ पर्ने प्रधानकै आफन्त हुन् .प्रहरीले पीडित चिकित्सक र प्रधान परिवारबीच मिलापत्र गराउन खोजेपछि स्वास्थ्यकर्मी आक्रोसित बनेका हुन्। नेपाल चिकित्सक संघले कुटपिटमा संलग्न दुई जनाविरुद्ध किटानी जाहेरी दिएको छ।

घटनमा संलग्न अन्यलाई पनि पक्राउ गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मी धर्नामा बसेका हुन्। प्रदेश सांसदको ध्यानाकर्षण गराउन प्रदेश सभाअगाडि धर्ना दिएको हेटौंडा अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा. हरीबहादुर खड्काले बताए। बागमती प्रदेश सभाको बैठक पनि चलिरहेको छ।
 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ४ : ५९ बजे