मोरङमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर १२ वर्षकी समीक्षा माझी र १० वर्षकी रेजिना खवासको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार बालिकाहरु डुबेर घाइते भएको अवस्थामा शनिबार बिहान स्थानीय बासिन्दाले फेला पारेका थिए ।

कोसी अस्पतालमा ल्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  २ : ५४ बजे