मोरङको बुढिगंगामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । मोरङको बुढिगंगा गाउँपालिका–६ तिलाठी स्थितमा करेन्ट लागेर १९ बर्षीय अजित चौधरीको मृत्यु भएको छ । 
शुक्रबार अपरान्ह ४ बजे बिजुलिको पोलबाट तार तानेर करेन्ट लगाई मोदा खोलामा माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका उनको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  २ : २५ बजे