‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्दै केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार ‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

उनले विद्यार्थीहरुको समूह एड टक्सले गर्न लागेको ‘बासँग विद्यार्थी’ कार्यक्रमलाई सम्बोधन गर्न लागेका हुन् । ‘आज म ‘बासँग विद्यार्थी’ भन्ने कार्यक्रममा हुनेछु । कार्यक्रम इम्पेरियल बेङ्क्वेट सल्लाघारी भक्तपुरमा बिहान ११ः४५ मा हुने रहेछ । कार्यक्रमको मोडरेटर चाहिँ भिडियोमा देखिएकी यी नातिनीले गर्नेछिन् ।’ सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ क्लिप सेयर गर्दै अध्यक्ष ओलीले भनेका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १२ : ३९ बजे