दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

गैह्रीगाउँ सामूहिक हत्याकाण्डमा खटाइएको कुकुरले दियो अपराधी भक्तपुर भागेको संकेत

​​​​​​​काठमाडौं। गैह्रीगाउँ हत्याकाण्डमा खटाइएको तालिमप्राप्त कुकुर संलग्न व्यक्ति भक्तपुरतिर भागेको संकेत गरेको छ।प्रहरी स्रोतका अनुसार घटनास्थलमा पुर्‍याएको कुकुर सुँघ्दै जडीबुटीसम्म पुगेको थियो। त्यसपछि कुकुर अल्मलिएको थियो। ‘ कुकुरले अपराधी भक्तपुरतिर भागेको संकेत गरेको छ।तर कुकुर जडिबुटी पुगेपछि आफै अल्मलियो’, एक अनुसन्धान अधिकृत भन्छन्।

तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार भएको अवस्थामा दुई पुरुष र दुई महिलाको शव फेला परेको थियाे ।  हत्या भएकामा दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने वर्ष अन्दाजी ५६ का कुमार भुजेल, उनकी श्रीमती वर्ष अन्दाजी ५२ की अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राई रहेका छन् । उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको छ।उनीहरुको शव परीक्षणको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उक्त मिलमा कुमार र उनकी श्रीमती अम्बिका  बस्थे । कुमारकी आमा शुभद्रा भुजेल भने हिजो मात्र तीनकुने आएकी हुन् । घटनाबारे प्रहरीलाई खबर गरेका व्यक्ति दिपेन्द्र राई नै अहिले अनुसन्धानको दायरामा छन्। दीपेन्द्र सोही काठमिलमा बस्दै आएका थिए। उनले मदिरा सेवन गरेको पाइएको काठमाडौं प्रहरीले जानकारी दिएकाे छ । राति सबैले सँगै मदिरा सेवन गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा मदिरा सेवन गरेको प्रमाण भने फेला नपरेको प्रहरीले ले बताएकाे छ । 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  ९ : ५६ बजे