दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भारतीय सेनाका कर्णेलले गरे नेपाली युवतीको हत्या

काठमाडौं । भारतीय सेनाका कर्णेलले नेपाली युवतीको हत्या गरेका छन् । भारतीय सेनाका ४२ वर्षीय लेफ्टिनेन्ट कर्नेल रामेन्दु उपाध्यायले नेपाली युवती श्रेया शर्माका नामले चिनिने तनहुँको भानु नगरपालिका-६ चोकचिसापानी घर भएकी सुमित्रा घर्तीको हत्या गरेका हुन् ।

३० वर्षीया शर्मा सिलिगुडीमा बसेर डान्सबारमा नाच्ने गर्थिन्। त्यसै बेलादेखि कर्नेल र सुमित्राबीच प्रेम सुरू भएको थियो । त्यसपछि उपाध्यायको देहरादुन सरुवा भएपछि उनले शर्मालाई आफूसँगै देहरादुन लिएर आएका थिए।

गत शनिबार उनीहरू एक डान्सबारमा रक्सी पिएर दुवै जना लामो ड्राइभमा हिँडेका थिए। प्रहरीका अनुसार सहरभन्दा टाढा एकान्त ठाउँमा पुगेपछि राति करिब १:३० बजे मृतक युवतीले यौनसम्बन्ध राख्न र विवाह गर्न दबाब दिएकी थिइन्। त्यहीँ विषयमा विवाद हुँदा गाडी रोकेर कर्नेलले जंगलमा हथौडाले शर्माको मुख र टाउको हिर्काएका थिए।

शर्माको मृत्यु भएपछि उपाध्यायले उनको शवलाई सडक छेउमा फालेर फरार भएका थिए। उनको शव सोमबार सिर्वालगढ क्षेत्रमा शङ्कास्पद अवस्थामा फेला परेको थियो। कर्णेलको पहिले विवाह भएको र डेढ वर्षको छोरासमेत छन् ।

प्रहरीले उपाध्यायलाई उनकै निवासबाट पक्राउ गरेको थियो । उनी पनि नेपाली मुलका भारतीय हुन्। कर्णेललाई प्रहरीले पक्राउ गरेर मंगलबार अदालतमा हाजिर गराएको छ।

अदालतले आरोपी लेफ्टिनेन्ट कर्नेललाई १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ। उत्तराखण्ड प्रहरीले ती युवतीको नेपालस्थित परिवारजनको खोजी गरिरहेको छ।

घटनाको ७२ घण्टापछि श्रेयाको बुधवार पोस्टमार्टम गरिएको छ। यदि उनका परिवारजन नआएमा उत्तराखण्ड प्रहरी आफैंले शवको अन्तिम संस्कार तयारी गरेको छ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  ४ : ४२ बजे