सुनको मूल्यमा नयाँ कीर्तिमान

प्यालेस्टिनी शरणार्थी शिविरमा भीषण लडाइँ, छ जनाको मृत्यु

बेरुत । लेबनानको सबैभन्दा ठूलो प्यालेस्टिनी शिविरमा बुधबार राति भएको झडपमा कम्तीमा छ जनाको मृत्यु भएको छभने एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन् । 

दक्षिणी बन्दरगाह शहर सिडोनको बाहिरी इलाकामा रहेको आइन अल–हिल्वेह शरणार्थी शिविरमा फताह आन्दोलनका सदस्य र सशस्त्र लडाकु समूहबीचको झडप अघिल्लो सातादेखि भइरहेकामा बुधबार त्यसले घातक रुप लिएको अल जजिराले जनाएको छ । 

प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घीय राहत निकाय युएनआरडब्ल्युएका अनुसार द्वन्द्वले सयौँ विस्थापित भएका छन् । धेरैले स्थानीय मस्जिद, विद्यालय र सिडोन नगरपालिका भवनमा शरण लिएका छन् । करिब एक हजार दुई सय जनालाई नजिकैका विद्यालयमा सारिएको छ । संयुक्त राष्ट्रसङ्घकाअनुसार लेबनानमा व्यवस्थापन गरिएका १२ शरणार्थी शिविरमध्ये  इन अल–हिल्वेहमा ५५ हजार शरणार्थी छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  २ : ४६ बजे