‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शिक्षकले विद्यार्थीका अविभावकबाट सापटीसमेत लिन नपाउने

काठमाडौं । बुधबार स‌ंसद्‌मा दर्ता भएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक- २०८०’ मा शिक्षकले विद्यार्थीका अविभावकबाट दान,उपहार वा चन्दा मात्र नभएर सापटी समेत लिन नपाउने व्यवस्था गरेकाे छ ।

शिक्षकमात्र नभएर शिक्षकका परिवारले समेत दान कोसेली वा उपहार स्वीकार गर्न नहुने व्यवस्था शिक्षक आचरणमा राखिएको छ ।

शिक्षकहरुले विद्यालयबाहेक अन्यत्र पढाउन वा निजी व्यवसाय गर्न पनि पाउने छैनन् । स्थानीय तहको अनुमतिबिना शिक्षकले आम्दानी हुने गरी अन्य काम समेत गर्न पाउने छैनन् । व्यवसाय दर्ता गरेको प्रमाणित भएमा शिक्षकलाई स्थानीय तहले कारबाही गर्नसक्ने व्यवस्था पनि विधेयकमा राखिएको छ ।

यतै बहुविवाह गर्ने शिक्षक पनि कारबाहीमा पर्ने व्यवस्था विधेयकमा गरिएको छ । यौनजन्य हिंसा गरेको प्रमाणित भएमा पनि शिक्षकहरु कारबाहीमा तानिने छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ४ : ५७ बजे