काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।
बुधबार बिहान रजनटारबाट काठमाडौं जाँदै गरेको बा ३ ख ५९६० नम्बरको बस सुनापति गाउँपालिका-३ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जनकुमार गिरीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार दुर्घटनामा ७ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनालाई एम्बुलेन्स र ४ जनालाई सुमोमा काठमाडौंतर्फ उपचारका लागि पठाइएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।
बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार १२ : ३४ बजे
प्रतिक्रिया