दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सुन प्रकरण : अमला रोकासहित ५० जना प्रतिवादी,१८ जना फरार

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुशन्धान फाईल आज सरकारी वकिलको कार्यालयमा वुझाउँदैछ।

प्रहरीले आफनो प्रतिवेदनमा अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको छ । जसमध्ये ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् ।

सीआईबीका एसपी कृष्ण पंगेनीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाइएको जानकारी दिएका छन् ।

अमला रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष हुन् ।

रोल्पाको थबाङकी रोकाको ‘कनेक्सन’ जोडिएको छ। जसका कारण रोल्पाबाट राष्ट्रिय राजनीतिमा उदाएका माओवादी नेताहरू समेत शंकाको घेरामा तानिएका छन् । यस प्रकरणमा थबाङ, माओवादीको सशस्त्र संघर्ष, शहीद परिवार सबैको नाम अघि आएको छ । 

उनी सशस्त्र द्वन्द्वकी ‘शहीदपत्नी’ भनिएकी छिन् । उनका पति हुन्, तिब्बतीय मूलका बेल्जियन नागरिक दावा छिरिङ । ठमेलस्थित होटल भियानामा छापा मार्दै राजस्व अनुसन्धान विभागको टोलीले दावालाई पक्राउ गरेको थियो ।

अमला र उनका श्रीमान् दावाका कारण रोल्पाली माओवादी नेताहरू यतिखेर हैरानी खेपिरहेका छन् । उनै अमलाका माध्यमबाट दावा निवर्तमान उप–राष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’, नेकपा (माओवादी–केन्द्र)का उप–महासचिव वर्षमान पुन ‘अनन्त’सम्म पुगेको फोटो सार्वजनिक भएको छ । फोटो मात्र सार्वजनिक भएको छैन, अनुसन्धानको सुईले नेताद्वय पुन र उनीहरूको परिवारलाई पनि घोचिरहेको छ ।

आफूले टीका लगाइदिएको दाइ एक क्विन्टल सुन काण्डमा पक्राउ परेपछि निवर्तमान उप–राष्ट्रपति परिवारसँग समेत सम्बन्धका विषयमा प्रश्न उब्जेको छ । 

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  १२ : ११ बजे