काठमाडौं आइपुगे नेम्वाङका छोरा

काठमाडौं।संविधान सभा अध्यक्ष सुवास नेम्वाङका कान्छा छोरा सुहाङ काठमाडौं आइपुगेका छन् ।

बुबाको निधनको खबर पाएलगत्तै सुहाङ अस्ट्रेलियाबाट स्वदेश फर्किएका हुन् । नेम्वाङका जेठा छोरा मिङ्सो पनि युकेबाट नेपाल आउँदै छन् ।

मंगलबार बिहान हृदयाघातबाट निधन भएका सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिनेछ ।

प्रकाशित मिति : २७ भाद्र २०८०, बुधबार  ११ : ५३ बजे