‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

बिहीबार सार्वजनिक बिदा

काठमाडौँ ।   सरकारले विहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टिका दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बालुवाटारस्थित निवासमा आज बिहान हृदयघात भएपछि नेम्वाङको त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको थियो ।

उहाँको पार्थिव शरीरलाई बेलुका पाँचबजेसम्म उहाँको घरमै राखिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारको निर्णयबमोजिम नेपाली सेनाले नेम्वाङको पार्थिव शरीरको जिम्मा लिने बताइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ७ : ४० बजे