दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

घडी र औँठीबाट पत्ता लागेकाे थियाे मेजर पण्डितकाे शव

सुर्खेत ।  १६ दिनदेखि बेपत्ता रहेका नेपाली सेनाको शव शव फेला परेको छ ।

डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत सेनानी विमल पण्डितको मंगलबार त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडको चिन्ढेबगर नजिक भेरीको किनारमा शव फेला परेको हो ।

भेरीमा माछा मार्न जाल खेल्दै जानेक्रममा बिहान ६ बजेतिर एक स्थानीयले चिन्ढेबगर नदी किनारमा लास देखेपछि खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।

उक्त प्रहरी चौकीले जिल्ला प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा टोली घटनास्थलमा गएको थियो । साथै सेनाको टोली पनि त्यहाँ पुगेको छ । 

ढुंगाको खोचमा रहेको शव निकालेर हेर्दा मुखबाट पहिचान गर्न सकिने अवस्था नरहेको प्रहरीले जनाएकाे छ । यद्यपि घटनास्थलमा पुगेका सेनाका दुई जना मेजरले घडी र औँठीका आधारमा शव पण्डितकै रहेको बताएको प्रहरीले बतायाे । 

मेजर पण्डिका बुबा पनि डोल्पा पुगेका छन् । शवलाई जिल्ला अस्पतला ल्याउने तयारी भइरहेको छ । काठमाडौँको कागेश्वरी डाँछीका ३८ वर्षीय पण्डित १० भदौ अपराह्न ४ बजे त्रिपुराकोटबाट बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ६ : १४ बजे