दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दुबईबाट मलद्वारमा लुकाएर ल्याइएकाे ९६० ग्राम सुन बरामद

काठमाडौं । दुबईबाट मलद्वारमा लुकाएर एक यात्रुले करिब एक केजी सुन ल्याएको पाइएको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट काभ्रेका २८ वर्षीय बाबुलाल दोङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार दोङ सोमबार हिमालयन एयरलाइन्समार्फत दुबईबाट नेपाल आएका थिए ।

प्रहरीले विशेष सूचनाका आधारमा दोङलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । त्यसक्रममा उनको मलद्वारमा लुकाइएको अवस्थामा सुन भेटिएको हो ।

घटनाको अनुसन्धान गर्नेक्रममा प्रहरीले क्रेटा गाडी र बुलेट मोटरसाइकलसहित मंगलबार थप २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको रोशीका ३३ वर्षीय जगत लामा र काभ्रेकै ३६ वर्षीय मिङ्मा दोर्जे स्याङ्तान रहेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ६ : ०२ बजे