दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

नेम्वाङको अन्त्येष्टि पर्सि गरिने

काठमाडौँ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ। 

दुई छोराहरू विदेशमा रहेको र उहाँहरू भोलिसम्म आइपुग्ने भएकाले पर्सि बिहीबार अन्त्येष्टि गर्न लागिएको एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयाे । 

उहाँको पार्थिव शरीर मंगलबार दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको थियो। बुधबार पनि उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राखिने उहाँले बताउनुभयाे। 

नेम्वाङले संविधान निर्माणका क्रममा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरिसकेको छ। 

मंगलबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले बिहीबार सार्वजनिक बिदा हुनेछ। घरकै शौचालयमा लडेका नेम्वाङलाई राति १:३० बजे अस्पताल पुर्‍याएपछि चिकित्सकले मंगलबार बिहान ३ बजे मृत घोषणा गरेका थिए। 

उहाँलाई अस्पताल पुर्याउँदा नै मुटुको चाल नरहेको अस्पतालले विज्ञप्ति जारी गर्दै जनाएको छ। 

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ५ : ०४ बजे