दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

‘भेल्लु बाजे’ नामले चर्चित मीनबहादुर बुढालाई पत्नीशोक

काठमाडाैँ । ‘भेल्लु बाजे’ नामले सामाजिक सञ्जालमा भाइरल बनेका प्युठानका मीनबहादुर बुढामगरलाई पत्नीशोक परेको छ ।

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारका क्रममा उनकी श्रीमती ५९ वर्षीया बिस्ना बुढाको  निधन भएको हो ।

उनी लामो समयदेखि बाथ रोग र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिइन् । पूरै जिउ सुन्निएर हिँडडुल गर्नै गाह्राे भएपछि उनलाई १५ दिन जिल्ला अस्पताल प्युठानमा राखेर उपचार गरिएकाे थियाे । त्यहाँबाट तीन महिनाअघि उनलाई थप उपचारका लागि दिल्ली पुर्‍याइएको थियो । 

मृतकको दिल्लीमै अन्त्यष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ३ : ११ बजे