दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि करिब १ किलो सुन बरामद भएको छ ।

भन्सार जाँचपास भएर बाहिर आइसकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो । सुनसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेका बाबुलाल दोङसहित तीनजना रहेका छन् । अन्य दुई जनाको नाम सार्वजनिक गरिएको छैन ।

हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका बाबुलालले सुन ल्याएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  २ : ५१ बजे